महाशिवरात्रिमा पशुपतिमा दर्शनार्थीको घुइँचो(फोटोफिचर)

काठमाडौँ । शिवरात्रिका अवसरमा पशुपतिनाथमा दर्शनार्थीको घुइँचो बढेको छ । मन्दिर परिसरमा बाबाहरूले धुनी बालेर बस्न सुरु गरेका छन् भने पशुपतिनाथको दर्शनका लागि आएका भक्तजनको सहभागिता बढेको छ ।

यस वर्षको महाशिवरात्रिका दिन कम्तीमा पनि आठ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको र करिब चार हजार साधुसन्तको उपस्थिति रहने अपेक्षा गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले दर्शनार्थीको भीड व्यवस्थापन गर्न चारवटा छुट्टाछुट्टै लाइनमार्फत दर्शनको व्यवस्था मिलाएको जनाएको छ ।

दर्शनार्थीको सहजताका लागि आज बिहान ४ बजेदेखि पशुपतिनाथका चारवटै ढोका खोलिएको कोषले जनाएको छ ।

तस्बिरः हरिराम भेटुवाल/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *