रुसले डार्ट फ्रगको विष प्रयोग गरी नाभाल्नीको हत्या गरेको बेलायतको दाबी

बीबीसी । रुसी विपक्षी नेता एलेक्स नाभाल्नीको डार्ट फ्रग (बिषालु भ्यागुता) बाट विकसित विष प्रयोग गरी हत्या गरिएको बेलायत र उसका युरोपेली सहयोगीहरूले दाबी गरेका छन् ।

नाभाल्नीको मृत्यु भएको दुई वर्षपछि बेलायतसहितका देशहरूले उनको शरीरमा फेला परेको सामग्री नमुनाको विश्लेषणपछि क्रेमलिनलाई दोषी ठहर गरेका हुन् ।

बेलायती विदेशमन्त्री इभेट कपुरले जर्मनीमा आयोजित म्यूनिख सुरक्षा सम्मेलनमा नाभाल्नी कारागारमा रहेका बेला उक्त विष प्रयोग गर्न ‘साधन, उद्देश्य र अवसर’ केवल रुसी सरकारसँग मात्रै रहेको बताइन् ।

रुसको सरकारी समाचार संस्था तासले उक्त आरोपलाई ‘सूचना अभियान’ भन्दै अस्वीकार गरेको छ। तर कुपरले ‘एपिबाटिडिन’ नामक विष नाभाल्नीको शरीरमा फेला परेको बताइन् ।

यस विषयमा बेलायत, स्विडेन, फ्रान्स, जर्मनी र नेदरल्याण्ड्सले संयुक्त वक्तव्य जारी गर्दै नाभाल्नीको मृत्युको जिम्मेवार रुसी राज्य नै रहेको उल्लेख गरेका छन्।

संयुक्त वक्तव्यमा एपिबाटिडिन दक्षिण अमेरिकामा पाइने डार्ट फ्रगमा प्राकृतिक रूपमा भेटिने विष भएको जनाइएको छ। उक्त विष रुसमा प्राकृतिक रूपमा नपाइने र कैदमा राखिएका डार्ट फ्रगले उत्पादन नगर्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *