अमेरिका, युक्रेन र रुसबीचको नयाँ चरणको त्रिपक्षीय वार्ता फेब्रुअरी १७–१८ मा हुने

मस्को। संयुक्त राज्य अमेरिका र रूस बिचको त्रिपक्षीय वार्ताको अर्को चरण जेनेभा, मस्को र किएभमा फेब्रुअरी १७–१८ मा हुने जनाइएको छ ।

रूसी प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्स्कीले गर्ने, रूसी समाचार एजेन्सी तासले क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उदृत गर्दै जनाएको छ ।

युक्रेनका प्रमुख वार्ताकार रुस्तम उमेरोभले सामाजिक सञ्जाल फेसबुक मार्फत सैन्य, राजनीतिक र सुरक्षा घटकहरूलाई समावेश गर्दै युक्रेनी वार्ता टोली गठन गरिएको जनाएका छन् ।

यसै गरी उमेरोभले दिगो र स्थायी शान्ति प्राप्त गर्नु वार्तामा युक्रेनी प्रतिनिधिमण्डलको मुख्य लक्ष्य रहेको कुरामा जोड दिएका छन् ।

तीन देशहरूबीच त्रिपक्षीय सुरक्षा परामर्शको पहिलो चरण जनवरी २३–२४ मा अबु धाबीमा भएको थियो, जहाँ रूसी प्रतिनिधिमण्डलको नेतृत्व सैन्य प्रमुख इगोर कोस्ट्युकोभले गरेका थिए ।

दोस्रो चरण अबुधाबीमा ४–५ फेब्रुअरीमा भएको थियो भने बैठक पछि अमेरिका रूस र युक्रेन ३१४ जना युद्ध वन्दीहरु को आदानप्रदान मा सहमत भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *