जनआस्थाका अध्यक्ष श्रेष्ठ ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’ बाट सम्मानित

काठमाडौँ । जनआस्था साप्ताहिकका अध्यक्ष तथा विश्व प्रेस काउन्सिलका उपाध्यक्ष वरिष्ठ पत्रकार किशोर श्रेष्ठ ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित भएका छन् ।

वरिष्ठ पत्रकार देवेन्द्र गौतमको ८० औं जन्मजयन्तीको अवसरमा श्रेष्ठलाई सम्मान गरिएको हो । उनलाई सम्मानपत्रसहित एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

पत्रकारितामा पुर्याएको दीर्घकालीन र विशिष्ट योगदानको कदर गर्दै श्रेष्ठलाई सम्मान गरिएको करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रालिले जनाएको छ ।

विश्व प्रेस काउन्सिलमा सक्रिय सहभागितामार्फत नेपाली पत्रकारितालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउन श्रेष्ठले महत्वपूर्ण भूमिका खेलेको प्रालिको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *