नेटोको ह्याट्रिकमा चेल्सी एफए कपको पाँचौ चरणमा

एजेन्सी । पेड्रो नेटोको ह्याट्रिकको मद्दतमा चेल्सी एफए कपको पाँचौ चरणमा पुगेको छ । शुक्रबार राति भएको खेलमा हल सिटीलाई ४-० गोलले हराउँदै चेल्सी प्रतियोगिताको पाँचौ चरणमा पुगेको हो ।

दि एमकेएम स्टेडियममा भएको खेलमा चेल्सीलाई जित दिलाउन नेटोले ह्याट्रिक पूरा गर्दा इस्टेभाओले एक गोल थपे । खेलको ४० औँ मिनेटमा नेटोले गोल गर्दै चेल्सीलाई शुरूवाती अग्रता दिलाएका थिए । ५१ औँ मिनेटमा नेटोले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए ।

५९ औँ मिनेटमा एस्टेभाओले गोल गर्दै चेल्सीलाई सहज जिततर्फ अगाडि बढाएका थिए । यस्तै ७१ औँ मिनेटमा नेटोले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेर चेल्सीलाई ४-० गोलको जित दिलाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *