कीर्तिपुरमा मनाइयो चिनियाँ नववर्ष

कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयस्थित कन्फ्युसियस इन्स्टिच्युटले चीन सांस्कृतिक केन्द्र नेपाल तथा ल्याबाेरेटाेरी माध्यमिक विद्यालय कीर्तिपुरको सहकार्यमा शुक्रबार वसन्त उत्सव (स्प्रिङ फेस्टिभल) भव्य रूपमा आयोजना गर्दै चिनियाँ नववर्ष ‘घोडा वर्ष’ को स्वागत गरेको छ।

उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक, सांस्कृतिककर्मी तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । नेपाल–चीन मैत्री सम्बन्ध र सांस्कृतिक समझदारीको महत्वलाई उजागर गर्ने प्रेरणादायी मन्तव्यहरू कार्यक्रमको मुख्य आकर्षण बनेका थिए ।

ल्याबाेरेटाेरी विद्यालय तथा कन्फ्युसियस इन्स्टिच्युटका विद्यार्थीहरूले आकर्षक गीत तथा नृत्य प्रस्तुत गर्दै दर्शकहरूको मन जितेका थिए । साथै चीन सांस्कृतिक केन्द्र नेपालका प्रतिनिधिहरूकाे थाइची र शाओलिन कुङ फु प्रदर्शन तथा कविता वाचनले कार्यक्रमलाई थप रोचक बनाएको थियो।

उत्सवको अवसरमा चीन सांस्कृतिक केन्द्रले सांस्कृतिक प्रदर्शनीसमेत आयोजना गरेको थियो । प्रदर्शनीमा परम्परागत हानफु पोशाक, चीन भ्रमण प्रवर्द्धन सामग्री, घोडा वर्ष तथा ‘निहाओ पाण्डा’ स्टिकर, की–रिङ लगायत विभिन्न सांस्कृतिक स्मारिकाहरू राखिएका थिए । साथै, चिनियाँ चिया स्वाद परीक्षण तथा प्रदर्शन कार्यक्रममार्फत सहभागीहरूले चीनको समृद्ध चिया संस्कृतिको अनुभव लिएका थिए ।

कार्यक्रमका क्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोल, त्रिवि मानविकी तथा समाजशास्त्र संकायका कार्यवाहक डिन डा. बमदेव अधिकारी, चीन सांस्कृतिक केन्द्र नेपालका उपनिर्देशक लिउ झान पिङ, ल्याबाेरेटाेरी माध्यमिक विद्यालयका प्रधानाध्यापक लाक्पा शेर्पा तथा त्रिभुवन विश्वविद्यालयस्थित कन्फ्युसियस इन्स्टिच्युका नेपाली निर्देशक डा. बलराम सुवालले उपस्थित सबैलाई चिनियाँ नववर्षको शुभकामना व्यक्त गर्दै नेपाल–चीनबीचको मैत्री तथा सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

उक्त कार्यक्रम मित्रता, सांस्कृतिक आदानप्रदान तथा सहकार्यको सन्देशसहित उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो। सहभागीहरूले संयुक्त रूपमा घोडा वर्षको स्वागत गर्दै आपसी सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्।

N4021
_cuva
N4026
N4026
_cuva
_cuva
N4021
N4031
N4021
N4036
N4026

Leave a Reply

Your email address will not be published. Required fields are marked *