जेनेभा । यस वर्ष पाकिस्तान र इरानबाट करिब एक लाख ५० हजार अफगानी आप्रवासी स्वदेश फर्किएका छन् । आप्रवासनको फिर्ता गति र आकारले अफगानिस्तानलाई थप सङ्कटमा धकेलेको संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकायले शुक्रबार जनाएको छ ।
दशकौँसम्म अफगानिस्तानमा व्याप्त राजनीतिक तथा आर्थिक सङ्कटबाट बच्न अफगानीहरूलाई पाकिस्तान र इरानले आश्रय दिएका थिए तर पछिल्ला केही बर्षयता उनीहरूले निर्वासन प्रक्रियामा वृद्धि गरेका छन् । अभियानले लाखौँलाई सीमा पार गरेर उनीहरूको भरणपोषणको लागि संघर्ष गरिरहेको देशमा फर्कन बाध्य पारेको छ ।
“यो वर्ष अहिलेसम्म करिब एक लाख ५० हजार अफगानी इरान र पाकिस्तानबाट स्वदेश फर्किएका छन्,” अफगानिस्तानका लागि युएनएचसीआरका प्रतिनिधि अराफत जमालले जेनेभामा पत्रकार सम्मेलनमा बताए ।
“यस वर्ष पहिले नै उच्च फिर्ताको सङ्ख्याका कारण स्वदेश फर्केकाहरूलाई जाडोको गम्भीरता, चिसो तापक्रम र भारी हिमपातको कारण चिन्ताजनक अवस्था रहेको छ,“ उनले काबुलमा एक पत्रकार सम्मेलनमा भने।
“यी आगमनले यसपहिले नै सुरू भएका आगमन दरलाई उच्च बनाएको छ। सन् २०२५ मा २९ लाख व्यक्तिहरू अफगानिस्तान फर्किएका छन् । सन् २०२३ अक्टोबरदेखि सुरू भएको यो आगमन प्रक्रिया अन्तर्गत अहिलेसम्म करिब ५४ लाख अफगानी आप्रवासी स्वदेश फर्किएका छन् ।
जमालले भने, “उनीहरू अत्यन्त कठिन परिस्थितिमा फर्किरहेका थिए, वा फर्कन बाध्य पारिएका थिए।”
परिवारले घेरिएको सीमामा आइपुगेको होस् वा एक्लै, अफगान फर्केकाहरूले गरिबी र वातावरणीय समस्याले घेरिएको राष्ट्रमा नयाँ जीवन सुरु गर्नुपर्छ।
“यी फिर्तीको गति र मात्राले अफगानिस्तान र विशेष गरी अफगानी महिला र बालिकाहरूलाइृअझ बढी सङ्कटमा धकेलेको छ, किनकि देशले बिग्रँदो मानवीय र मानव अधिकारको अवस्थाको सामना गरिरहेको छ । कमजोर अर्थव्यवस्था र बारम्बार प्राकृतिक प्रकोपहरूले अफगानिस्तानलाई अत्यधिक आर्थिक सङ्कटतर्फ धकेलेको छ,” जमालले भने।
यूएनएचसीआरका प्रवक्ता बाबर बलोचले एएफपीसँग भन्नुभयो, “एक बर्ष पहिलेको जनवरीदेखि डिसेम्बरसम्मको१२ महिनाको अवधिमा यो सङ्ख्या एक लाख भन्दा कम रहेकोमा गत बर्षको सोही अवधिमा फिर्ता हुने आप्रबासीको सङ्ख्या ५० प्रतिशतभन्दा बढीले बढेको छ ।
जमालले भने, “यूएनएचसीआरले फर्केकाहरूको सर्वेक्षण अनुसार धेरै परिवारहरूले सदस्यहरूसँग नागरिकको प्रमाणका लागि कागजातको अभाव छ र ९० प्रतिशतभन्दा बढी परिवार दैनिक पाँच डलरभन्दा भन्दा कम आम्दानीबीच बाँचिरहेका छन् ।
उनले फिर्ताको दिगोपनाको बारेमा गहिरो चिन्ता व्यक्त गर्दै भने, “उनीहका कारण आउने सङ्कटप्रति मध्यनजर गर्दै केहीले पहिले नै अफगानिस्तान छोड्दैछन्।”
उनले भने, “यी निर्णयहरू छोड्ने इच्छाबाट प्रेरित छैनन्, तर वास्तविकताबाट प्रेरित छन् । धेरैले व्यावहारिक र सम्मानजनक जीवन निर्वाह गर्न असमर्थ रहेको छन् ।”
यूएनएचसीआरले फर्केकाहरूको पुनः एकीकरणलाई समर्थन गर्न आफ्नो प्रयासमा ध्यान केन्द्रित गरिरहेको छ ।
राष्ट्रसङ्घीय निकायले भनेको छ, “युएनएचसिआरलाई यस वर्ष देशभरि विस्थापित व्यक्तिहरू र फर्केकाहरूलाई सहयोग गर्न २१ करोड ६० लाख अमेरिकी डलर आवश्यक छ, तर यसको लागि गरिएको अपीलमध्ये हाल केवल आठ प्रतिशत मात्र वित्त पोषित छ ।
जमालले भन्नुभयो, “यो मानवीस्य सहायताका लागि काम गर्ने एक महत्वपूर्ण क्षण हो । प्रायः वर्षौं वा दशकौंको निर्वासनपछि दीर्घकालीन समाधान खोज्ने र अफगानिस्तान फर्केकाहरूको लागि उनीहरूको मातृभूमिमा विस्थापनको समस्या समाधान गर्ने अवसर छ।
–––
