नेपाल पाकिस्तान ‘ए’ सँग पराजित

काठमाडौं । एसीसी महिला एसिया कप राइजिङ स्टार्समा नेपाल पराजित भएको छ । शुक्रबार दिउँसो भएको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’सँग ३० रनले पराजित भएको हो ।

जितको १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७ रनमात्र बनाउँ सक्यो । नेपालको लागि बिन्दु रावलले सर्वाधिक ३९ रन बनाइन् । उनले ४५ बलमा ८ चौका बनाइन् । यस्तै सीता राना मगरके १९, कविता कुँवरले १८ र कप्तान पूजा महतोले ११ रन बनाए ।

पाकिस्तानको लागि अनोशा नासिरले तीन विकेट लिँदा मोमिना रिसातले दुई र वाहेदा अख्तरले एक विकेट लिए ।

यसअघि बैंककस्थित तेर्दथाई क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको पाकिस्तान ६ विकेटको क्षतिमा १ सय ३७ रन बनाएको थियो । पाकिस्तानको लागि कप्तान हाफ्सा खालिदले ४०, वाहेदा अख्तरले २३, हुराइना साजदले १७ र शवाल जुलाफिकरले १० रन बनाइन् ।

नेपालको लागि कविता कुँवरले दुई विकेट लिँदा मनिषा उपाध्याय, रिया शर्मा, सीता राना मगर र रुबिना क्षेत्रीले समान एक/एक विकेट लिए ।

जितसँगै समूह ‘ए’मा रहेको पाकिस्तानले दुई अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *