वीर अस्पतालद्वारा स्वास्थ्य बीमाबाट उपलब्ध हुने सेवा कटौती

काठमाडौँ । वीर अस्पताल स्वास्थ्य बीमाबाट उपलब्ध हुने सेवा कटौती गरेको छ । आजदेखि लागू हुने गरी अस्पतालले सेवा कटौती गरेको हो ।

स्वास्थ्य बीमा बोर्डले लामो समयदेखि भुक्तानी नदिएका कारण सेवा कैटाती गर्नुपरेको अस्पतालले जनाएको छ ।

अस्पतालले जारी गरेको सूचनामा भनिएको छ, ‘लामो समयसम्म सेवन गर्ने औषधिहरू बीमाबाट तीन महिनाको लागि उपलब्ध गराई रहेकोमा विशेष कारणबस त्यस्ता औषधीहरू मिति २०८२ फागुन १ गतेदेखि अर्को व्यवस्था नभएसम्म एक महिनाको लागि मात्र बीमित सदस्यहरूलाई उपलब्ध गराउने सम्बन्धमा मिति २०८२/१०/२९ गते भएको निर्णयानुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। यसबाट सेवाग्राहीमा पर्न जाने असुबिधा प्रति चि.वि.रा.प्र. वीर अस्पताल क्षमाप्रार्थी छ ।’

अस्पतालले बीमामार्फत ४० करोडभन्दा बढी रकम लिन बाँकी रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *