एजेन्सी । कोपा डेल रेको सेमिफाइनलमा एथ्लेटिको म्याड्रिडले अग्रता लिएको छ । बिहीबार राति भएको सेमिफाइनलको पहिलो लेगमा एथ्लेटिकोले बार्सिलोनामाथि ४-० गोलको अग्रता लिएको हो ।
घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोलाई जित दिलाउन एन्टोनी ग्रिजमन, अडेमोला लुकम्यान र जुलियन अल्भारेजले समान एक/एक गोल गरे । एथ्लेटिकोले एक गोल उपहार पाएको हो । खेलको छैटौँ मिनेटमा गार्सियाले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि एथ्लेटिको म्याड्रिडले शुरूवाती अग्रता लिएको थियो । १४ औँ मिनेटमा ग्रिजमनले गोल गरेपछि एथ्लेटिकोले खेलमा अग्रता लिएको थियो ।
३३ औँ मिनेटमा लुकम्यानले गोल गर्दै घरेलु टोलीलाई ३-० गोलको अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा अल्भारेजले गोल गर्दै एथ्लेटिकोलाई पहिलो हाफमा ४-० गोलको अग्रता दिलाएका थिए । दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा एथ्लेटिकोले पहिलो लेगमा ४-० गोलको अग्रता लिएको हो ।
दोस्रो लेग ४ मार्चमा बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।
