काठमाडौँ । कृषा चौलागाईको निर्देशनमा बन्न लागेको फिल्म ‘पारस’मा नायिका प्रियंका कार्की अनुबन्ध भएकी छन् । नायिका कार्कीले निर्माण पक्षसँग सम्झौता गरेकी हुन् ।
‘पारस’मा यसअघि नै नायक निखिल उप्रेती र नायिका जसिता गुरुङ अनुबन्ध भइसकेका छन् । एक्सन तथा सामाजिक कथामा निर्माण हुने यस फिल्ममा चर्चित कलाकारहरुले अनुबन्धले फिल्मको हाइप बढाउन मद्दत पुगेको छ ।
फिल्मका अन्य कलाकार र प्राविधिकबारे निर्माण पक्षले जानकारी दिएको छैन ।
