निर्वाचन सत्ता प्राप्तिको माध्यम मात्र नभई राजनीतिक संस्कृतिको रूपान्तरणका लागि होः उपसभापति अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डिपी) अर्यालले आसन्न प्रतिनिधिसभाको निर्वाचन सत्ताभन्दा पनि व्यवस्था बदल्ने चुनाव भएको बर्ताएका छन् ।

काठमाडौँ महानगरपालिका–१४ मा बिहीबार घरदैलो कार्यक्रमका क्रममा उपसभापति अर्यालले निर्वाचन केबल सत्ता प्राप्तिको माध्यम मात्र नभई राजनीतिक संस्कृतिको रूपान्तरण, इमानदार नेतृत्व स्थापना तथा परिणाममुखी शासन प्रणाली निर्माणको अवसर भएको बताए । उनले स्थानीय आवश्यकता र सम्भावनालाई आधार बनाएर विकासको स्पष्ट कार्य योजना अघि बढाइने प्रतिबद्धता व्यक्त गरे । योग्य र काम गर्न सक्ने उम्मेदवारलाई चुनावमा जिताउनुपर्ने उपसभापति अर्यालले जोड दिए ।

काठमाडौँ–१४ माउते दोबाटोबाट सुरु भएको घरदैलो कार्यक्रम रञ्जित कोलोनी, एलआरआई स्कुल, गुणकेशरी क्लब, सुनाखरी टोल, भलुभैरव मन्दिर, खड्का गाउँ, मालिकानगर आर्किड कोलोनी, न्यू डायमण्ड चोक, गणेशस्थान, पाण्डेगाउँ, पीपलबोट, हिमशिखर स्कुल, देउला टोल हुँदै खड्का गाउँ दोबाटोबाट थापा गाउँमा पुगेर सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *