काठमाडौँ । स्वदेशवादी अभियान र नेपाल राष्ट्रिय राजनीतिक गुरुकुलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले गर्ने निर्वाचन अवैध हुने बताएका छन् ।
बिहीबार सम्पादकहरुसँगको छलफलमा गुरुकुलका राष्ट्रिय संयोजक सौरभ र स्वदेशी अभियनाका संयोजक सूर्य माखिमले ०७२ को संविधान मरिसकेको र तेस्रो संविधानभाको निम्ति हुने चुनाव आजको आवश्यकता रहेको बताएका छन् ।
उनीहरुले विदेशीको एजेण्डामा निर्माण गरिने आगामी सरकार नेपाली जनताको हितमा नहुने ठहर गर्दै आगामी सरकारलाई स्वीकार नगर्ने बताएका छन् । उनीहरुले भनेका छन्, ‘गत भदौ २४ गतेको हत्या–हिंसा र आगजनीमा संलग्न योजनाकारहरुलाई कानुनी दायरामा नल्याई गरिने चुनाव धोखा हो ।’

