एजेन्सी । आईसीसी टी-२० विश्वकपमा दक्षिण अफ्रिका विजयी भएको छ । बुधबार दिउँसो भएको रोमाञ्चक खेलमा दोस्रो ओभरपछि दक्षिणअफ्रिकाले अफगानिस्तानलाई हराउँदै विश्वकपमा दोस्रो जित निकालेको हो ।
जितको लागि १ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले १९.४ ओभरमा अलआउट हुँदै १ सय ८७ रननै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
सुपर ओभरमा अफगानिस्तानले पहिले ब्याटिङ गर्दै १७ रन बनाएको थियो । दक्षिण अफ्रिकाको लागि अज्मातुल्लाह ओमारजाइले १६ रन बनाए । जवाफी ब्याटिङ उत्रिएको दक्षिण अफ्रिकालेपनि एक विकेटको क्षतिमा १७ रन बनाएपछि खेल दोस्रो सुपर ओभरमा पुगेको थियो । दक्षिण अफ्रिकाको लागि त्रिस्तान स्टुब्सले १० र देवाल्ड ब्रेभिसले ६ रन बनाए ।
दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाले २३ रन बनाएको थियो । दक्षिण अफ्रिकाको लागि डेभिड मिल्लरले १६ र त्रिस्तान स्टुब्सले ७ रन बनाए ।
जितको लागि २४ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले दुई विकेटको क्षतिमा १९ रनमात्र बनाउन सक्यो । अफगानिस्तानको लागि रहमानुल्लाह गुर्बाजले १८ रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो । दक्षिण अफ्रिकाको लागि रायन रिकेल्टनले ६१, क्विन्टन डी ककले ५९, डेवाल्ड ब्रेभिसले २३, डेभिड मिल्लरले २० र मारको जेन्सनले १६ रन बनाए ।
अफगानिस्तानको लागि अज्मातुल्लाह ओमारजाइले तीन, रशिद खानले दुई र फाजालहक फारोकीले एक विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानले १९.४ ओभरमा अलआउट हुँदै १ सय ८७ रन बनाएको थियो । अफगानिस्तानको लागि रमानुल्लाह गुर्बाजले सर्वाधिक ८४ रन बनाए । उनले ४२ बलमा ७ छक्का र ४ चौका हिर्काए । यस्तै अज्मातुल्लाह ओमारजाइले २२, रशिद खानले २० र डार्विश रासोलीले १५ रन बनाए ।
दक्षिण अफ्रिकाको लागि लुन्गी एनगिदीले तीन विकेट लिँदा मारको जेन्सन, कागीसो रबडा, जर्ज लिन्डे र केशव महाराजले एक/एक विकेट लिए ।
जितसँगै दक्षिण अफ्रिका दुई खेलबाट ४ अंक जोड्दै समूह ‘डी’को दोस्रो स्थानमा रहेको छ भने समान खेलबाट अंकविहीन दक्षिण अफ्रिका तेस्रो स्थानमा रहेको छ ।
