क्यानडाको ब्रिटिश कोलम्बियामा विद्यालय गोलीकाण्ड, कम्तीमा ९ जनाको मृत्यु

सिएनएन । क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्तमा रहेको एक विद्यालयमा भएको गोलीकाण्डमा कम्तीमा ९ जनाको मृत्यु भएको छ। पछिल्ला दशकहरूमा क्यानडामा भएका सबैभन्दा घातक सामूहिक गोलीकाण्डमध्ये यो एक भएको प्रहरीको भनाइ छ ।

रोयल क्यानाडियन माउन्टेड पुलिसका अनुसार मंगलबार स्थानीय समयअनुसार दिउँसो करिब १ः२० बजे टम्बलर रिज सेकेन्डरी स्कुलमा बन्दुकधारीको सूचना प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको थियो। विद्यालय परिसरमा ६ जनाको घटनास्थलमै मृत्यु भएको र दर्जनौँ घाइते भएका छन्।

प्रहरीका अनुसार दुई जना पीडितलाई गम्भीर वा ज्यान जोखिममा पर्ने चोटसहित हेलिकप्टरमार्फत अस्पताल लगिएको छ। अन्य करिब २५ जना सामान्य चोटपटक लागेकाहरूको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

क्यानडामा सामूहिक गोलीकाण्ड दुर्लभ मानिन्छ, किनकि यहाँ अमेरिकाको तुलनामा कडा बन्दुक कानुन लागू छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *