एजेन्सी । बेन्जामिक सेस्कोले इन्जुरी समयमा गोल गरेपछि म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा हारबाट जोगिएको छ । मंगलबार राति भएको खेलमा युनाइटेड वेस्ट हामसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
लन्डन स्टेडियममा भएको खेलमा वेस्ट हामको लागि टोमस सौचेकले गोल गर्दा युनाइटेडको लागि बेन्जामिन सेस्कोले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औँ मिनेटमा सौचेकले गोल गर्दै वेस्ट हामलाई शुरुवाती अग्रता दिलाएका थिए ।
दोस्रो हाफको इन्जुरी समयको छैटौँ मिनेटमा सेस्कोले गोल गर्दै युनाइटेडको हार टारेका थिए । बराबरीसँगै युनाइटेको लागातर पाँच खेल जित्ने लक्ष्यमा धक्का लागेको छ ।
बराबरीसँगै युनाइटेड २६ खेलबाट ४५ अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा रहेको छ । समान खेलबाट २४ अंक जोडेको वेस्ट हाम १८ औँ स्थानमा रहेको छ ।
गएरातिनै भएको अर्को खेलमा टोटेन्हाम हट्स्पर न्युक्यासल युनाइटेडसँग २-१ गोलले पराजित भएको हो भने चेल्सीले लिड्ससँग २-२ गोलको बराबरी खेलेको हो ।
