झापा । त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार दिउँसो भएको क्वाटरफाइनल खेलमा लालिगुराँस एसोसिएसन पोखरालाई टाईब्रेकरमा ४-२ गोलले हराउँदै आर्मीले अन्तिम चारमा स्थान बनाएको हो ।
आर्मीका लागि नविन लामा, विक्रम तामाङ, जर्जप्रिन्स कार्की र विकेश कुथुले गोल गरे । पोखराका टिकाराज गुरुङ र सुदिप गुरुङले मात्र गोल गरे ।
प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको हो ।
