एजेन्सी । आईसीसी टी-२० विश्वकपमा न्युजिल्यान्ड विजयी भएको छ । सोमबार दिउँसो भएको खेलमा न्युजिल्यान्डले युएईमाथि १० विकेटको सहज जित निकालेको हो ।
जितको लागि १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५.२ ओभरमा कुनै विकेट नगुमाइ १ सय ७५ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । न्युजिल्यान्डलाई जित दिलाउन टिम सेफेर्ट र फिन एलिनले अर्धसतक बनाए । सेफेर्टले ४२ बलमा १२ चौका र तीन छक्काको मद्दतमा ८९ रन बनाउँदा फिन एलिनले ८४ रन बनाए । उनले ५० बलमा ५ चौका र ५ छक्का बनाए ।
यसअघि चेन्नईमा भएको खेलमा टस जिते पहिले ब्याटिङमा उत्रिएको युएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७३ सय रन बनाएको थियो । युएईको लागि मुहमद वासिम र आलिशान शराफुले अर्धसतक बनाए । वासिमले ६६, शराफुले ५५ र मायाँक कुमारले २१ रन बनाए ।
न्युजिल्यान्डको लागि म्याट हेन्रीले दुई, जाकोब डफी, लकी फर्गुसन, मिट्चेल सान्टनर र ग्लेन फिलिप्सले समान एक/एक विकेट लिए ।
जितसँगै न्युजिल्यान्डले दुई खेलबाट ४ अंक जोडेको छ । एक खेल कम खेलेको युएई चौथो स्थानमा रहेको छ ।
