टी-२० विश्वकपमा नेदरल्यान्ड्सको पहिलो जित

एजेन्सी । आईसीसी टी-२० विश्वकपमा नेदरल्यान्ड्सले विजयी शूरुवात गरेको छ । मंगलबार दिउँसो भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले पराजित गरेको हो ।

जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १८ ओभरमा ३ विकेटको क्षतिमा १ सय ५९ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । जितको लागि बास डी लिडले अर्धसतक बनाए ।  उनले ४८ बलमा ५ चौका र ४ छक्काको मद्दतमा ७२ रन बनाए । यस्तै कोलिन अकेर्मनले ३२, माइकल लेभिट;ए २८ र कप्तान स्कट एडवार्डले १८ रन बनाए ।

नामिबियाको लागि बेर्नार्ड स्चोल्ट्ज, रुबिन ट्रम्पेल्मन र जान निकोल लोफ्टी इटनले समान एक/एक विकेट लिए ।

त्यसअघि दिल्लीस्थित अरुण जाइत्ले स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५६ रन बनाएको थियो । नामिबियाको लागि जान निकोल लोफ्टी इटनले ४२, जान फ्राइलिंकले ३०, जेजे स्मितले २२ र कप्तान जेर्हार्ड इरास्मसले १८ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

नेदरल्यान्ड्सको लागि लोभान भान बिक र बास डी लिडले दुई/दुई विकेट लिँदा आर्यान दत र फ्रेड क्लासेनले समान एक/एक विकेट लिए ।

जितसँगै समूह ‘ए’ मा रहेको नेदरल्यान्ड्सले दुई खेलबाट दुई अंक जोडेको छ । एक खेल कम खेलेको नामिबिया अंकविहीन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *