एजेन्सी । आईसीसी टी-२० विश्वकपमा जिम्बाब्वेले विजयी शुरूवात गरेको छ । सोमबार दिउँसो भएको खेलमा जिम्बाब्वेले ओमानमाथि ८ विकेटको सहज जित निकालेको हो ।
जितको लागि १ सय ४ रनको विजयी लक्ष्य पछ्याएको जिमबाब्वेले दुई विकेटको क्षतिमा १ सय ६ रन बनाउँदै जित निकालेको हो । जिम्बाब्वेको लागि ब्रायन बेन्नेट ४८, ब्रेन्डन टेलरले ३१ र टादिवानाशे मारुमानीले २१ रन बनाए ।
स्कटल्याण्डको लागि सफ्यानं मेहमोदले दुई विकेट लिए ।
त्यसअघि कोलोम्बोमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १९.५ ओभरमा अलआउट हुँदै १ सय ३ रनमा समेटिएको हो । ओमानको लागि भिनायक शुक्ला, सफुयान महमोद र नदीम खामले २० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
जिम्बाब्वेको लागि रिकार्ड गाराभा, ब्लेसिङ मुजाराबानी, ब्राड इभान्सले तीन/तीन विकेट लिँदा सिकन्दर राजाले एक विकेट लिए ।
जितसँगै जिम्बाब्वेले दुई अंक जोडेको छ ।
