घरघरमा पाइपबाट ग्यास पुर्याउन सकिन्छ, त्यसका लागि सिलिन्डर चाहिँदैनः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अध्यक्ष ओलीले पाइपबाट घरघरमा ग्याँस वितरण गर्न सकिने बताएका छन् ।

झापामा आफ्नो क्षेत्रमा चुनावी घरदैलोका क्रममा सोमबार अध्यक्ष ओलीले दैलेखमा ग्यास उत्खनन् गरेर घरघरमा वितरण गर्न सकिने बताएका हुन् । उनले आफू सरकारबाट हटेपछि ग्यास निकाल्ने काम थाती रहेको र फेरि सरकारमा गएपछि ग्यास निकाल्न सुरु गर्ने बताए ।

उनले भने, ‘अब नेपालमै ग्यास निस्कँदैछ । अब विदेशबाट ल्याएको ग्यास होइन । अहिले ग्यास निकाल्न छाडेर ताला लगाएर राखेको छ । दैलेखको ग्यास निकालेर पानीजस्तो ट्यांकीमा राख्न सकिन्छ र घरघरमा पाइपबाट पुर्याउन सकिन्छ। त्यसका लागि कुनै सिलिन्डर पनि चाहिँदैन ।’

यसअघि २०७४ को चुनावी अभियानका क्रममा ग्यास पाइपबाट घरघरमा पुर्याइन्छ भन्ने अभिव्यक्तिका कारण ओली आलोचित बनेका थिए ।

उनले गुइँठा बाल्ने सोचबाट माथि उठ्नुपर्ने बताए । अध्यक्ष ओलीले गुइँठा बाल्ने सोचबाट माथि उठ्नुपर्ने बताए । उनले भने, ‘कोही कोही अझै गुइँठा बाल्नुपर्छ भन्छन् । त्यो पछौटेपन हो । अब त्यो होइन, अब देशमा ग्याँस उत्पादन गरेर बाल्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *