काठमाडौँ । पर्वातारोहण क्षेत्रमा फेक रेस्क्यू गरी विदेशी पर्यटक ठग्ने कार्यमा संलग्न थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
रेस्क्यू सेवामा रहेका रहेको तर फेक डकुमेन्ट बनाई ठगी गरेको आरोपमा प्रहरीले श्रीद्धी इन्टरनेशनल हस्पिटल, लाजिम्पाटका डाक्टर डा.गिर्वाणराज तिमिल्सनालाई प्रहरीले पक्राउ गरेको हो ।
यसअघि प्रहरीले माउनटेन रेस्क्यू सर्भिस प्रालि, एभरेष्ट एक्सपेरियन्स एण्ड एसिस्टेन्स प्रालि र नेपाल चार्टर सर्भिस प्रा.लि.ले नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, नागरिक उड्यान प्राधिकरण तथा विमानस्थल रहेका अभिलेखको विवरणलाई थपघट गर प्यासेन्जर र कार्गो म्यानिफेस्टको व्यहोरा फरक र किर्ते गरी सोही अनुसारको बिल तयार गर्ने, उद्धार गरिएको भनि फेक रेस्क्यू बिल बनाएर ठर्ने कार्य गरेको भन्दै प्रहरीले संलग्नलाई पक्राउ गरेको थियो ।
