नेपाली खेलाडीलाई हौसला दिँदै प्रधानमन्त्रीले भनिन् -‘बलिङ राम्रो भो, ब्याटिङ पनि राम्रो होस्

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले जितका लािग १८५ रनको लक्ष्य पछ्याउने क्रममा राम्रो सुरुवात गरेको छ । उक्त खेल प्रधानमन्त्री सुशीला कार्कीले चाखपूर्वक हेरिरहेकी छन् ।

उनले भनेकी छन्, ‘बलिङ राम्रो भो, ब्याटिङ पनि राम्रो होस् ।’ खेल भारतको मुम्बईस्थित वाङखडे स्टेडियममा जारी छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले खेल प्रधानमन्त्री निवास बालुवाटारबाट टेलिभिजनका माध्यमबाट अवलोकन गरिरहेकी छन् ।

टस जितेर पहिला ब्याटिङ रोजेको इङल्यान्डले निर्धारित २० ओरभमा सात विकेट गुमाउँदै १८४ रनको योगफल बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *