इंग्ल्याण्डद्वारा नेपाललाई बलियो विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत जारी खेलमा इंग्ल्याण्डले नेपाललाई बलियो विजयी लक्ष्य प्रस्तुत गरेको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा इंग्ल्याण्डले नेपाललाई जितको लागि १ सय ८५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको हो ।

इंग्ल्याण्डको लागि कप्तान ह्यारी ब्रुक र जाकोब बेथेलले अर्धसतक बनाए । बेथेलले ३५ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ५५ रन बनाउँदा ब्रुकले ५३ रन बनाए । उनले ३२ बलमा ४ चौका र तीन छक्का प्रहार गरे । यस्तै विल ज्याक्सले अन्तिममा विस्फोटक ब्याटिङ गर्दै १८ बलमा ४ छक्का र एक चौकाको मद्दतमा ३९ रन बनाउँदा जस बटलरले २६ रन बनाए ।

नेपालको लागि दीपेन्द्र सिंह एरीले ३ ओभरमा २३ रन दिएर दुई विकेट लिए । यस्तै नन्दन यादवलेपनि ३ ओभरमा २५ रन दिएर दुई विकेट लिँदा शेर मल्ल र सन्दीप लामिछानेको नाममा एक/एक रह्यो । अब नेपालले जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *