डेब्यु बलमै शेर मल्लको विकेट, इंग्ल्याण्डको दुई विकेट पतन

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत इंग्ल्याण्डविरुद्ध जारी खेलमा नेपालले पहिलो पावरप्लेमा मध्यम प्रदर्शन गरेको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलको पहिलो पावर प्लेमा नेपालले इंग्ल्याण्डको दुई विकेट लिएको हो ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको इंग्ल्याण्डले ६ ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा ५७ रन जोडेको छ । हाल जाकोब बेथेल २७ र टोम बान्टन दुई रन बनाउँदै क्रिजमा छन् । यसअघि जोस बटलर १७ बलमा ५ चौकाको मद्दतमा २६ रन बनाउँदै पभिलियन फर्किएका हुन् । उनी नन्दन यादवको बलमा आसिफ शेखबाट क्याचआउट भएका हुन् ।

यस्तै डेब्यु खेल खेलेका शेर मल्लले अर्का ओपनर फिल साल्टलाई १.१ ओभरमा एक रनमा सन्दीप लामिछानेबाट क्याचआउट गराउँदै टी-२० आईमा पहिलो विकेट लिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *