काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत केहिबेरमा शुरू हुने खेलमा इंग्ल्याण्डले नेपालविरुद्ध टस जितेको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा केहिबेरमा शुरू हुने खेलमा इंग्ल्याण्डका कप्तान ह्यारी ब्रुकले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालको लागि शेर मल्लले डेब्यु गर्ने भएका छन् । पहिलोपटक राष्ट्रिय टोलीमा परेका शेरले विश्वकपको पहिलो खेलमै नेपालको लागि डेब्यु गर्नेछन् । यस्तै तीव्र गतिका बलर सोमपल कामी बेन्चमा रहेका छन् ।
इंग्ल्याण्डको प्लेइङ ११ :- फिल साल्ट, जोस बटलर, जाकोब बेथेल, टम बान्टन, ह्यारी ब्रुक(कप्तान), साम कुरान, विल ज्याक्स, लियम डाव्सन, जोफ्रा आर्चर, आदिल रशिद, लुक वुड
नेपालको प्लेइङ ११ :- कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), रोहित पौडेल(कप्तान), दीपेन्द्र सिंह एरी, आरिफ शेख, लोकेश बम, गुलसन कुमार झा, करण केसी, सन्दीप लामिछाने, नन्दन यादव, शेर मल्ल

