नेपाल भर्सेस इंग्ल्याण्ड : प्लेयर टु वाच

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत आज हुने खेलमा नेपाल र टेस्ट राष्ट्र इंग्ल्याण्ड भिड्दैछन् । मुम्बईस्थित एतिहासिक वानखेडे स्टेडियममा नेपाल र इंग्ल्याण्ड पहिलोपटक आमनेसामने हुँदैछन् ।

दुवै टोली आज जित निकाल्दै प्रतियोगिताको शुरूवात गर्ने लक्ष्यमा रहेका छन् । इंग्ल्याण्ड तेस्रो पटक टी-२० विश्वकपको उपाधि जित्ने लक्ष्यसाथ भारत पुगेको छ भने नेपालको लक्ष्य सुपर आठ पुग्ने रहेको छ ।

प्लेयर टु वाच

फिल साल्ट (इंग्ल्याण्ड)
फिल साल्ट इंग्ल्याण्डका अनुभवी ओपनिङ ब्याट्सम्यान हुन् । उनले इंग्ल्याण्डलाई पावर प्लेमा शानदार शुरुवात दिन सक्छन् । सन् २०२२ मा वेस्ट इन्डिजसँग खेल्दै टी-२० आईमा डेब्यु गरेका साल्टले ५२ खेल खेल्दै ३७.७८ को औसतमा १ हजार पाँच सय ८७ रन बनाएका छन् । त्यसक्रममा उनले ४ सतक र ७ अर्धसतक बनाएका छन्  । उनले गत सेप्टेम्बरमा दक्षिण अफ्रिकाविरुद्ध टी-२० आईमा व्यक्तिगत उच्च स्कोर १ सय ४१ रन बनाएका थिए । उनीमा विश्वको विभिन्न फ्रेन्चाइज लिग खेलेको अनुभव रहेको छ । तीन सिजन तीन टोलीबाट आईपीएल खेलेका उनले एक हजार बढि बनाएका छन् ।

साल्ट पछिल्लो समय उच्च लयमा रहेका छन् । उनले आफ्नो पछिल्लो ९ खेलमा ५६.२९ को औसतमा ३ सय ९४ रन बनाएका छन् । उनको स्ट्राइक रेट १७३.५६ रहेको छ ।

सन्दीप लामिछाने (नेपाल)
२५ वर्षीय सन्दीप लामिछाने नेपालबाट टी-२० आईमा सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले ६८ खेल खेल्दै १ सय २९ विकेट लिएका छन् । टी-२० आईमा उनको इकोमोनी ६.०३ रहेको छ । त्यसक्रममा उनले दुई पटक ५ विकेट र तीन पटक चार विकेट लिएका छन् ।

उनीमा विश्वका विभिन्न फ्रेन्चाइज लिग खेलेको अनुभव अनुभव रहेको छ । उनले विश्वका चर्चित लिगहरु आईपीएल, बिग बास, सिपिएल आदि खेलिसकेका छन् । यस विश्वकपमा सन्दीप नेपालका प्रमुख बलर हुन् । टेस्ट राष्ट्र इंग्ल्याण्डमाथि एतिहासिक सफलता हात पर्न उनको प्रदर्शनले आज मुख्य भूमिका खेल्नेछ ।

पछिल्लो विश्वकपमा अमेरिकाले भिषा नदिएपछि उनले वेस्ट इन्डिजमा भएको दुई खेल खेल्दै दुई विकेट लिएका थिए । तल्लो क्रममा उनीमा आक्रमक ब्याटिङ गर्न सक्ने क्षमतापनि रहेको छ । उनको नाममा  ७५ टी-२० आई रन रहेको छ । उनले पछिल्लो ७ खेलमा ५.३२ को इकोनोमी राख्दै १३ विकेट लिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *