स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउँछौँ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने घोषणा गरेका छन् ।

आइतबार बिहान भिडियो सन्देश जारी गरी सभापति थापाले पैसा नभएकै कारण कुनै नेपाली उपचारबाट वञ्चित नहुने बताएका हुन् । उनले अबको सरकारले स्वास्थ्य बीमालाई उच्च प्राथमिकतामा राख्ने बताए ।

उनले स्वास्थ्य बीमामा आवश्यक सुधार गरेर हरेक नागरिकलाई समेट्ने हाम्रो सङ्कल्प भएका उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘नेपाली कांग्रेस पार्टीका तर्फबाट यो प्रतिबद्धता हो । हामीले जिम्मेवारी पाउँदा स्वास्थ्य बीमाको कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउँछौँ ।’

उनले आफ्नो कार्यकालमा देखेको पीडादायी अवस्थालाई स्मरण गर्दै अहिलेको स्वास्थ्य प्रणालीमा आमूल सुधारको आवश्यकता रहेको बताएका छन् ।

सभापति थापाले आफ्नै कार्यकालमा स्वास्थ्य बीमा ऐन बनेको र कार्यक्रम सुरु भएको भए पनि पछिल्लो समय यो कार्यक्रम अस्तव्यस्त बनेकोमा उनले चिन्ता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *