काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसले आइतबार बिहान ८ः३० बजे बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको जुम बैठक बोलाएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
बैठकमा प्रतिनिधिसभा निर्वाचन परिचालन निर्देशिका, सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका, केन्द्रीय अनुशासन समिति गठनलगायतका एजेन्डामा छलफल हुने उनले जानकारी दिए ।

