कलाकार सुनिल थापाको निधन

काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । थापाका शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिएका छन् । थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । थापा चलचित्र क्षेत्रमा ‘राते काँइला’ नामले परिचित थिए ।

नेपाली चलचित्रमा ‘खलनायक’ को भूमिकामा उनी बढी देखिएका छन्। परिवारका अन्य सदस्य भारतको मुम्बई बस्ने भए पनि थापा शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *