टी-२० विश्वकपको पहिलो दिन आज तीन खेल हुँदै

एजेन्सी । भारत र श्रीलंकामा आजबाट आईसीसी टी-२० विश्वकप २०२६ शुरु हुँदैछ । आज पहिलो दिन कुल तीन खेल हुँदैछ ।

आज हुने प्रतियोगिताको उद्धाटन खेलमा समूह ‘ए’मा रहेका नेदरल्यान्ड्स र पाकिस्तान खेल्नेछन् । कोलम्बोस्थित सिन्हालेसे स्पोर्ट्स क्लब मैदानमा हुने खेल बिहान ११:१५ बजे शुरू हुनेछ ।

दोस्रो खेलमा स्कटल्याण्ड र वेस्ट इन्डिज भिड्नेछन् । खेल कोलकाताको इडेन गार्डेन्समा दिउँसो ३:१५ बजे शुरु हुनेछ ।

यस्तै दिनको तेस्रो तथा अन्तिम खेलमा आयोजक भारत र अमेरिका भिड्नेछन् । मुम्बईस्थित वानखेडे स्टेडियममा हुने खेल बेलुकी ७:१५ बजे शुरू हुनेछ ।

२० टोलीको सहभागिता रहेको विश्वकपमा कुल ५५ खेल हुनेछ ।

विश्वकपको समूह ‘ए’मा भारत, नामिबिया, नेदरल्यान्ड्स, पाकिस्तान र अमेरिका छन् । समूह ‘बी’मा अष्ट्रेलिया, आयरल्याण्ड, ओमान, श्रीलंका र जिम्बाब्वे छन् भने समूह ‘सी’ मा इंग्ल्याण्ड, इटाली, नेपाल, स्कटल्याण्ड र वेस्ट इन्डिज रहेका छन् । यस्तै समूह ‘डी’मा अफगानिस्तान, क्यानडा, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र युएई रहेका छन् ।

चार समूहबाट शीर्ष दुई स्थानमा रहने टोली सुपर आठमा पुग्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *