बैंगालुरुले जित्यो दोस्रोपटक महिला प्रिमियर लिगको उपाधि

एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलुरुले महिला प्रिमियर लिग(डब्लुपीएल)को उपाधि जितेको छ । बिहीबार राति भएको फाइनल खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै बैंगलुरुले दोस्रोपटक डब्लुपीएलको उपाधि जितेको हो ।

जितको लागि २ सय ४ रनको विजयी लक्ष्य पछ्याएको बैंगलुरुले १९.४ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । बैंगलुरुलाई जित दिलाउन कप्तान स्मृति मन्धना र जोर्जिया भोलले अर्धसतक बनाए । मन्धनाले ४१ बलमा १२ चौका र तीन छक्काको मद्दतमा ८७ रन बनाइन् । यस्तै भोलले ५४ बलमा १४ चौकाको मद्दतमा ७९ रन बनाउँदा राधा यादवले १२, ग्रेस हारिसले ९, मान्दिने डे क्लेर्कले ७ र रिचा गोषले ६ रन बनाए ।

दिल्लीको लागि चिनेली हेन्रीले दुई तथा नान्दनी शर्मा र मिनु मानिले समान एक/एक विकेट लिए ।

यसअघि कोटाम्बी स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ३ रन बनाएको थियो । दिल्लीको लागि कप्तान जेमिमा रोद्रिगेजले अर्धसतक बनाइन् । उनले ३७ बलमा ८ चौकाको मद्दतमा ५७ रन बनाइन् । यस्तै लौरा वोल्भार्डटले ४४, लिजेल लीले ३७, चिनेली हेन्रीले ३५ र शफाली बर्माले २० रन बनाइन् ।

बैंगलुरुको लागि सायाली साट्घारे, अरुन्धाती रेड्डी र नादिने डे क्लेर्कले समान एक/एक विकेट लिईन् ।

यसअघि बैंगलुरुले सन् २०२४ मा डब्लुपीएलको उपाधि जितेको थियो । यता दिल्लीले भने लगातार चार पटक फाइनलमा पुगेरपनि उपविजेतामा चित्त बुझाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *