रौतहट । रौतहटमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको गाडीको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । रौतहटको निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारको गाडीको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
रास्वपाको निर्वाचन प्रचार प्रसारमा प्रयोग भएको गाडीको ठक्करबाट इशनाथ नगरपालिका २ मटिया टोलमा स्थानीय मोहम्मद सगिरकी ४ वर्षीया छोरी अल्फा खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्यालले बा १५ च ४२४४ नम्बरको गाडीको ठक्करबाट सडक किनारमा खेलिरहेकी बालिका खातुन घाइते भएकी र उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।
दुर्घटनापछि चालक फरार भएका छन् । उनले खोजी भइरहेको प्रहरीले जनाएको छ । सो क्षेत्रमा रास्वपाबाट शेख सगिर उम्मेदवार छन् ।
