क्यानडाद्वारा नेपाललाई १ सय ६२ रनको विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत जारी अभ्यास खेलमा क्यानडाले नेपाललाई प्रतिस्पर्धात्मक विजयी लक्ष्य प्रस्तुत गरेको छ । चेन्नईस्थित एमए चिदाम्बरम स्टेडियममा जारी खेलमा क्यानडा नेपाललाई जितको लागि १ सय ६२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको हो । क्यानडाको लागि नाभ्नित धलिवालले सर्वाधिक ४१ रन बनाए । उनले ३६ बलमा ३ छक्का र एक चौका प्रहार गरे । यस्तै श्रेयस मोभ्भाले नटआउट ३८, कन्वार्पाल ताथ्गुरले २५, नस्करन सिंहले २१ र निकोलस किर्टोनले १० रन बनाए ।

नेपालको लागि सन्दीप लामिछाने र कुशल भुर्तेलले समान दुई/दुईं विकेट लिँदा नन्दन यादव र सोमपाल कामीलेपनि एक/एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *