काठमाडौँ । नेकपा एमालेकातर्फबाट काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले सुझाव मागेका छन् ।
बिहीबार बिहान सामाजिक संजालमार्फत सुझाव माग्दै पोखरेलले आफ्नो उम्मेदवारी संविधान संशोधनका लागि आफ्नो उम्मेदवारी रहेको बताएका हुन् । उनले विशेषगरी युवाहरुको सुनौलो र सुरक्षित भविष्यका लागि प्रतिबद्धता निर्माणको चरणमा रहेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘नेपालको संविधान २०७२ लाई आवश्यक संशोधनसहित थप उपयोगी र सशक्त बनाई समाजवादको आधार निर्माणको दिशामा अगाडि बढ्ने उद्देश्यका साथ म आगामी प्रतिनिधिसभा निर्वाचन–२०८२ मा नेकपा (एमाले)को तर्फबाट काठमाडौं क्षेत्र नं ५ मा उम्मेदवार छु । यस क्षेत्रका जनता, विशेषगरी युवाहरुको सुनौलो र सुरक्षित भविष्यका लागि प्रतिबद्धता निर्माणको चरणमा छु । तपाईको सृजनात्मक र उपयोगी सुझाबले मेरो योजनाको क्षितिजलाई अझ फराकिलो र बस्तुनिष्ठ बनाउने भएकाले सुझावका लागि अनुरोध गर्दछु ।’
