डस्टबिनबाट सुन निकाल्दै गर्दा त्रिभुवन विमानस्थलका सरसफाइ कर्मचारी पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइको काम गर्ने एक कर्मचारी पक्राउ परेका छन् ।

डस्टबिनबाट सुन निकाल्दै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइको काम गर्ने सुनगाभा सगरमाथा सर्भिस प्रालिका कर्मचारी ४० वर्षीय डिकबहादुर राउत पक्राउ परेका हुन् ।

उनको साथबाट प्रहरीले ४.४ ग्राम सुन बरामद गरेको एसपी राजकुमार सिलवालले जानकारी दिए ।  डस्टबिनको फोहोर बाहिर फाल्न ल्याउँदै गर्दा प्रहरीले जाँच गर्दा उनी पक्राउ परेका विमानस्थल प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *