ठूलो दुर्घटनाबाट जोगियो टर्किस एयरलाइन्सको जहाज

काठमाडौँ । काठमाडौंबाट टर्कीको इस्ट्यानबुलका लागि उडेको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । बुधबार काठमाडौंबाट दिउँसो १३ः२९ मा उडेको टर्किस एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेपछि कोलकाता डाइभर्ट गरिएको थियो ।

जहाज उड्ने बितिक्कै दायाँ इन्जिनमा  आगो लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । कोलकाता डाइभर्ट भएको जहाज दिउँसो तीन बजे सकुशल अवतरण गरेको विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।

जहाजमा २२५ यात्रु र चालक दलका ११ गरी जम्मा २३६ जना रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *