भारतमा दुई जहाज आपसमा ठोक्किएपछि…

बीबीसी । भारतको मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थल मंगलबार साँझ इन्डिगो र एयर इन्डियाको जहाजको पखेटा आपसमा ठोक्किएको छ । पखेटा आपसमा ठोक्किएपछि तत्काल दुवै विमानबाट यात्रुहरूलाई ओरालिएको थियो ।

घटनामा दुवै विमानका यात्रु सकुशल रहेका भारतको नागरिक उड्डयन प्राधिकरण (डिजिसिए) जनाएको छ । डिजिसिएका अनुसार एयर इन्डियाको फ्लाइट एआई२७३२ उडान भर्ने तयारीमा ट्याक्सी–वे मा थियो ।

इन्डिगोको ए३२० विमान अवतरणपछि ट्याक्सीवेतर्फ जाँदै थियो । सोही समयमा दुई विमानको पखेटा आपसमा ठोक्किएको थियो ।

घटनापछि डिजिसिएको मुम्बई कार्यालयका अधिकारीहरू विमानस्थल पुगेर निरीक्षण गरेका थिए। दुवै विमानलाई हाल प्राविधिक जाँचका लागि रोकिएको बीबीसीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *