राष्ट्रिय लिगमा जावलाखेलको दोस्रो जित

काठमाडौं । एन्फा राष्ट्रिय लिगमा जावलाखेल युथ क्लबले दोस्रो जित निकालेको छ । मंगलबार दिउँसो भएको खेलमा जावलाखेलले नव जन जागृति क्लबलाई ४-० गोलले पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा जावलाखेललाई जित दिलाउन हर्षित भट्ट, सिस्खो, युवराज ढकाल र धर्बेंद्र कुँवरले समान एक/एक गोल गरे ।

जितसँगै जावलाखेलले ५ खेलबाट ६ अंक जोडेको छ भने समान खेलबाट जन जागृति अंकविहीन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *