युएईद्वारा नेपाललाई मध्यम विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत जारी अभ्यास खेलमा युएईले नेपाललाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । चेन्नईको एमए चिदाम्बरम स्टेडियममा भएको खेलमा युएईले नेपाललाई जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको युएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको हो । युएईको लागि सोहाइब खानले सर्वाधिक ३८ रन बनाए । उनले २७ बलमा ३ चौका र एक छक्का प्रहार गरे । यस्तै हर्षित कौशिकले ३५, अर्यांश शर्माले २५, मुहम्मद जोहैबले १९ र आलिशान शराफुले १२ रन बनाए ।

नेपालको लागि करण केसी र सन्दीप लामिछानेले समान दुई/दुई विकेट लिँदा दीपेन्द्र सिंह एरीले एक विकेट लिए । अब नेपालले जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *