भूमध्यसागरमा चक्रपात ह्यारीको कारण एक हजारको मृत्यु

रोम । सन् २०२६ को जनवरीमा मात्र मध्य भूमध्यसागरीय क्षेत्रमा आएको चक्रवात ह्यारीको कारण करिव एक हजारको मृत्यु हुनुका साथै धेरै आप्रवासीहरू बेपत्ता भएको मेडिटेरेनिया सेभिङ ह्युमन्सले जनाएको छ ।

इटालीस्थित राहत संस्था, ‘मेडिटेरेनिया सेभिङ ह्युमन्स’ ले विज्ञप्ती जारी गर्दै चक्रवात ह्यारीको समयमा लगभग एक हजार मानिसहरु समुद्रमा हराएर मृत्यु भएको हुन सक्ने बताएको हो ।

इटाली, माल्टा, लिबिया र ट्युनिसियाको बिचमा अवस्थित मध्य भूमध्य मार्ग हालैका वर्षहरूमा युरोपमा अनियमित आप्रवासन प्रवाहका लागि सबै भन्दा व्यस्त मार्गहरू मध्ये एक मानिएको छ ।

युरोपेली गैर–सरकारी संस्थाहरूले सामान्यतया उत्तर अफ्रिकाको तटबाट प्रस्थान गरे पछि संकटग्रस्त अवस्थामा परेका आप्रवासीहरूलाई उद्धार गर्ने गरेको जनाइएको छ ।

जनवरी १८ – २५ को बिचमा, चक्रवात ह्यारीले इटालीको दक्षिणी तट र माल्टा टापुमा ठुलो क्षति पुर्याएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *