पूर्वी नेपालमा ‘कुमारी’मय माहौल

दमक । माघ २३ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कुमारी’ले आफ्नो प्रवद्र्धन अभियानलाई आक्रामक र भव्य बनाएको छ । काठमाडौंको भृकुटीमण्डपमा १० हजार दर्शकमाझ ऐतिहासिक रूपमा ट्रेलर सार्वजनिक गरे लगत्तै चलचित्रको टोली पूर्वी नेपालको प्रचार यात्रामा निस्किएको हो ।

चलचित्रको प्रचार प्रसारका लागि मोरङको मधुमल्ला बजारमा आयोजित कुमारी लाइभ म्युजिकल कन्सर्ट भव्य रूपमा सम्पन्न भएको छ। भगवती माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित साङ्गीतिक कार्यक्रममा करिब २ हजार दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो ।

कार्यक्रममा चलचित्रका प्रमुख कलाकारहरू अबिषेक खड्का र आकृति राजभण्डारीले चलचित्रको सुपर हिट गीत ‘डोको बुन्ने’ मा लाइभ नृत्य प्रस्तुत गर्दा दर्शकहरू पनि उनीहरूसँगै झुमेका थिए । सो अवसरमा चलचित्रका पाश्र्व गायक केहर सिं लिम्बुले ‘डोको बुन्ने’, ‘तिमी बिना’, ‘कता छौ’ लगायत आफ्ना चर्चित गीतहरू गाएर दर्शकलाई मन्त्रमुग्ध पारेका थिए ।

विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीले निर्माण गरेको यस चलचित्रमा प्रेम, सङ्घर्ष र पारिवारिक अन्तद्र्वन्द्वलाई चित्रण गरिएको छ। अविषेक खड्का र आकृति राजभण्डारीको मुख्य भूमिका रहेको यस चलचित्रका गीतहरू ‘डोको बुन्ने’, ‘कता छौ’ ‘मेरो फूल’ र ‘तिमी बिना’ यसअघि नै हिट भइसकेका छन्।

चलचित्रमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की लगायतका कलाकारको अभिनय छ। विकास सुवेदीको लेखन, सुसन प्रजापतिको छायाङ्कन र सुप्रिम पराजुलीको सम्पादन रहेको कुमारीुको पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनको रहेको छ। कार्यकारी निर्माता केदार भुसाल हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *