पार्टीका उम्मेदवार जिताउन नेविसंघद्वारा निर्वाचन परिचालन समिति गठन

काठमाडौँ । नेपाल विद्यार्थी संघले आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउने उद्देश्यसहित निर्वाचन परिचालन समिति गठन गरेको छ । कांग्रेसका उम्मेदवारलाई विजयी गराउनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा आफ्नो प्रभावकारी परिचालनका निम्ति समिति गठन गरिएको नेविसंघले जनाएको छ ।

समितिले निर्वाचनलाई व्यवस्थित, प्रभावकारी तथा परिणाममुखी रूपमा सञ्चालन गर्ने लक्ष्य लिएको नेविसंघले जनाएको छ । साथै, तोकिएका संयोजकहरूले आ–आफ्नो क्षेत्रीय आवश्यकता अनुसार उपसमिति गठन गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।

    

Leave a Reply

Your email address will not be published. Required fields are marked *