पाकिस्तानमा भएको आक्रमणमा ३८ जनाको मृत्यु

पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले आतंकवादी आक्रमणको प्रतिक्रिया जनाउदा कम्तीमा १० जना सुरक्षा अधिकारी र ३७ जना आतंकवादी मारिएको सुरक्षा स्रोतहरूले शनिबार बताएको छ ।

प्रतिबन्धित बलुचिस्तान लिबरेसन आर्मी (बिएलए) ले क्वेटा, नोस्की र ग्वादर जिल्लाहरूसहित एक दर्जन भन्दा बढी स्थानमा एकसाथ आक्रमण गरेको स्रोतलाई उदृत गर्दै सिन्ह्वाले बताएको छ ।

सुरक्षा प्रतिष्ठान र सरकारी लक्ष्यलाई लक्षित गरी आक्रमण गरिएको स्रोतहरूले बताएका छन् । पाकिस्तानी सशस्त्र बल, फ्रन्टियर कप्र्स र बलुचिस्तान प्रहरीले तीव्र गोलीबारीपछि आतंकवादीहरूको योजना विफल पार्दै द्रुत प्रतिक्रिया दिएको स्रोतले बताएका छन् ।

अधिकारीहरूका अनुसार झडपमा धेरै सुरक्षाकर्मीहरू पनि घाइते भएका छन् । सुरक्षा स्रोतका अनुसार विगत ४८ घण्टामा यस क्षेत्रमा कुल ८८ जना आतंककारी मारिएका छन् ।

बाँकी रहेका आतंककारीहरूलाई हटाउन र पूर्ण सुरक्षा पुनर्स्थापना गर्न प्रभावित क्षेत्रमा सरसफाइ अभियान जारी रहेको स्रोतहरूले जनाएको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *