दोस्रो अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं । आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपालले अभ्यास खेलमा जित निकालेको छ । शनिबार दिउँसो भएको दोस्रो अभ्यास खेलमा नेपालले एमसीए-११ लाई ४८ रनले पराजित गरेको हो ।

जितको लागि १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको एमसीए-११ ले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३५ रन बनाएको हो ।

नेपालको लागि सन्दीप लामिछानेले तीन तथा ललित राजवंशी र गुलसन झाले समान दूई/दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय  ८३ रन बनाएको थियो । नेपालको लागि आरिफ शेखले अर्धसतक बनाए । उनले ४२ बलमा ६६ रन बनाए । यस्तै सन्दीप जोराले ३१, आसिफ शेखले २५, गुलसन झाले २३, लोकेश बमले १५ र बासिर अहमदले ९ रन बनाए ।

यसअघि भएको पहिलो अभ्यास खेलमापनि नेपाल विजयी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *