साफ यु-१९ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै

पोखरा । पोखरामा आजबाट शुरू हुने दक्षिण एसियाली खेलकुद महासङ्घ (साफ) यु–१९ महिला च्याम्पियनसिपको उद्धाटन खेलमा नेपाल र भारत भिड्दैछन् । पोखरा रंगशालामा हुने खेल दिउँसो ३ बजे शुरू हुनेछ ।

आज हुने खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगिताको शुरुवात गर्ने लक्ष्य साथ मैदान उत्रिनेछन् ।

शुक्रबार भएको ‘प्रिम्याच कन्फ्रेन्स’मा नेपाली यु–१९ महिला टोलीका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले सकारात्मक नतिजाका लागि टोली प्रतिबद्ध रहेको बताएका थिए । ‘तयारी राम्रै भएको छ । घरेलु मैदान र समर्थकको साथ छ, पक्कै राम्रो रिजल्ट दिनेछौँ’, श्रेष्ठले भने ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को समन्वय तथा अखिल नेपाल फुटबल महासङ्घ (एन्फा) को आयोजनामा हुने प्रतियोगिता ‘राउण्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन हुनेछ । जहाँ प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्नेछ ।

लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई दर्शकहरुको सहजताका लागि सामान्य प्यारापिटतर्फ २०० र भिआइपीतर्फ ५०० रुपैयाँको टिकटको व्यवस्था गरिएको एन्फाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *