टाइगर टप : महिलातर्फको उपाधि न्यु डायमण्डलाई

पोखरा। पर्यटकीय राजधानी पोखरामा जारी छैटौँ टाइगर कप २०२६ को महिलातर्फको उपाधि टिपटप न्यु डायमण्ड स्पोर्ट्स क्लबले जितेको छ । शुक्रबार दिउँसो भएको फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पाखा लगाउँदै  डायमण्डले पहिलोपटक टाइगर कपको उपाधि जितेको हो ।

पोखरा रंगशालामा भएको एकपक्षीय खेलमा न्यु डायमण्डले पहिलो सेट २५-११, दोस्रो सेट २५-२२ र तेस्रो सेट २५-१६ ले आफ्नो पक्षमा पार्दै पहिलो पटक उपाधि जितेको हो । न्यु डायमण्डले पाँच खेलमा कुनैपनि सेट नगुमाई उपाधि उचालेको हो ।

यससँगै न्यु डायमण्डले उपाधिमा ह्याट्रिक गरेको छ । न्यु डायमण्डले यसअघि एनभिए च्याम्पियनसिप र केएनपी राष्ट्रिय महिला भलिबलको उपाधि जितेको थियो । दुवै फाइनलमा न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई हराएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *