काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलनको तयारीका लागि उच्चस्तरीय आयोजक समिति गठन गरिएको छ ।
परराष्ट्र मन्त्रीस्तरको निर्णयअनुसार आगामी फागुन २९ देखि चैत्र २, २०८२ (मार्च १४–१६, २०२६) सम्म नेपालमा आयोजना हुने विश्व सम्मेलनको तयारी तथा व्यवस्थापनका लागि माननीय परराष्ट्र मन्त्रीको अध्यक्षतामा परराष्ट्र मन्त्रालयले उच्चस्तरीय आयोजक समिति गठन गरेको हो ।
सम्मेलनलाई सफल, प्रभावकारी र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले विभिन्न सरोकारवाला निकायहरूको सहभागिता सुनिश्चित गर्दै समिति गठन गरिएको हो।
