गीतकार किरण खरेललाई सङ्गीत पुरस्कार

हेटौंडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले गीतकार किरण खरेललाई एक लाख रुपैयाँको नगद राशीको विजुलीमाया वनःश्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कारले सम्मान गरिएको छ । बिहीबार हेटौँडामा एक कार्यक्रमको आयोजना गर्दै भीग विरागले विजुलीमाया वनःश्रेष्ठ स्मृति अन्तर्राष्ट्रिय पुरस्कार–२०८२ प्रदान गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठको सभाध्यक्षमा तथा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा सम्मान प्रदान गरिएको थियो । खरेल वनःश्रेष्ठ स्मृति अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्ने १७ औं व्यक्ति हुन् ।

विगद ७ दशकको समयदेखि निरन्तर नेपाली गीतको क्षेत्रमा कलम चलाउँदै आएका आएको कार्यको उच्च मूल्यांकन गर्दै पनि उनलाई सम्मान गरिएको हो । उनले फिल्म क्षेत्रमा आफ्ना विभिन्न लोकप्रिय गीतहरु निर्माण गरेका छन् । गत वर्ष १६ औं अन्तर्राष्ट्रिय पुरस्कार कलाकार नीर शाहलाई सम्मान प्रदान गरिसकेको प्रतिष्ठानले जनाएको छ । सम्मान समपर्णपछि गीतकार खरेल लगायत विभिन्न अन्य व्यक्तित्वहरु आफ्नो गीत प्रस्तुती गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *