काठमाडौं । सरकारले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रासन रकम वृद्धि गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
उनले आगामी फागुन १ गतेदेखि लागू हुनेगरी रासन रकम र दैनिक रकम वृद्धि गर्ने निर्णय भएको बताए ।
